काठमाडौँको वायु प्रदूषण खतराको तह माथी : बिना काम घर बाहिर ननिस्कन सुझाव

काठमाडौं , पुस २१ । काठमाडौंमा तपाईको बसोबास छ र घर बाहिर निस्कदै हुनुहुन्छ भने अब होसियार !  काठमाडौं उपत्यकाको वायु प्रदूषण खतराको तह माथी पुगेको छ ।  मङ्गलबार अर्थात् आजको वायु अहिलसम्मकै दुषित भएको वन तथा बातावरण मन्त्रालयले जनाएको छ ।

यसरी वायु प्रदुषणको तह उच्च विन्दुमा पुगेपछि सरकारले आवश्यक नपरी बाहिरन ननिस्कन आग्रह गरेको छ । उता वायु प्रदुषणको तह उच्च विन्दुमा पुगेपछि अमेरिकी राजदूतावासले पनि घरभित्र बस्दा भmयाल ढोका बन्दा गरेर, मास्क लगाएर बस्न सुझाव दिएको छ । प्रदूषित वातावरणमा सावधानी अपनाएर हिँड्नसमेत आग्रह गरेको छ ।

केहीदिन अघि नेपालको पश्चिमी भू-*भाग हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले सोमबार बिहान पहिलो हिउँदे वर्षा भएको थियो ।तर यसले आकाश खुलाउन सकेको छैन ।मंगलबार पनि बिहानैदेखि घाम देखिएको छैन ।हुस्सु लागेजस्तो काठमाडौं धुम्म भएको छ ।

भिजिबिलिटी घटेको छ ।दुई दिनसम्म घाम नलागे पनि काठमाडौं न्यूनतम तापक्रम भने घटेको छैन ।यूनतम तापक्रम अझ पहिलाभन्दा बढेको छ ।तापक्रम बढेसँगै काठमाडौंको वायुको प्रदूषण पनि ह्वात्तै बढेको विज्ञहरुले जनाएका छन् ।

सोमबार काठमाडौंको वायु प्रदूषणले खतराको तह नै पार गरेको थियो ।सोमबार एअर क्वालिटी इन्डेक्स अर्थात एक्यूआई ४८७ पुगेको थियो ।एक्वुआई ५० सम्म हुनु राम्रो, ५० देखि १०० सम्मलाई मध्यम र १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुने मानिन्छ ।

२०० सम्म पुगे सबैका लागि अस्वस्थ हुने र ३०० पुग्नु भनेको जोखिमपूर्ण रहेको विज्ञहरुको भनाइ छ ।यसभन्दा माथि जानु चाहिँ घातक हुुने उनिहरुको भनाइ छ ।यसरी उपत्यकाको वायु प्रदुषण घातक स्थितिमा पुगेको पाइएको छ ।  मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभाव बुधबारसम्मै रहने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्