आफ्नो भाषा संस्कृति जोगाउन सकेमात्र आफ्नो पहिचान रहनेः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा बस्ने नेपालीले आफ्नो भाषा संस्कृति बचाउन नसके पहिचान गुम्ने भएकाले त्यसको संरक्षणमा जुट्न आग्रह विदेशमा बस्ने नेपालीहरुर्ला लाग्रह गरेका छन् ।

नेपालको राष्ट्रिय दिवसका अवसरमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास द्वारा आयोजित स्वागत समारोहमा उनले विभिन्न अवसरका लागि विदेशमा गएका नेपाली नागरिकले आफ्नो भाषा संस्कृति जोगाउन सकेमात्र आफ्नो पहिचान रहने बताए ।

प्रधानमन्त्री देउवाले विदेशमा दुःख गरेर नेपाली नागरिकले मुलुकमा पठाएको आम्दानीले मुलुकको अर्थतन्त्रमा पु¥याएको ठुलो योगदानको प्रशंसा गर्दै उनले भने, “नेपालमा लगानी र विकासका अथाह सम्भावना छन्, लगानी गर्नुस् लगानीको सुरक्षा सरकारले गर्ने छ ।”

नेपालको जलविद्युत् र पर्यटन क्षेत्रमा लगानीको ठूलो अवसर भएको बताउँदै देउवाले नेपालको नीति लगानीमैत्री भएको स्मरण गराए । उनले मुलुकमा संविधानसभाबाट संविधान जारी हुनाका साथै संविधानले सबै वर्ग, क्षेत्र र लिङ्गका मौलिक अधिकार सुनिश्चित भएको बताए ।

कार्यक्रममा महावाणिज्यदूत मधुकुमार मरासिनीले प्रधानमन्त्री देउवाको नेतृत्वमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको र अन्य दुई तहमा निर्वाचनपछि मुलुकमा राजनीतिक स्थिरता भई समृद्धि हासिल भइ देश विकासको बाटो तिर लम्कीने बताए ।

प्रतिक्रिया दिनुहोस्