जाडोमा कतिको खानुहून्छ तपाईले सुन्तला ? यस्ता छन् खानुका फाइदाहरु
काठमाडौं, पुस १९ । मानिसहरु जाडोमा प्रार्य फलफुल खान त्यति रुचाउँदैनन् चिसोले गर्दा पनि खासै खान मन पराउदैनन् तर आज हामी जाडोमा सुन्तला खानुका फाइदाहरु बताउँन गइरहेका छौं ।
सुन्तला खाँदा दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई फाइदा पु¥याउँछ । त्यस्तै डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ । यसले रक्सीको लतलाई पनि यसले कम गर्न सक्छ ।
यसका थप फाइदाः
क्यान्सरको जोखिम घटाउँछ
सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सर लाग्ने जोखिम घटाउँछ ।
मिर्गौला स्वस्थ राख्छ
सुन्तला खाइरहने गर्नले मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हुँदैन ।
कलेजो जोगाउँछ
सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।
कोलेस्टरोल घटाउँछ
सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउँछ ।
मुटु बलियो बनाउँछ
सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन् । यिनले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न मद्दत पु¥याउँछन् । पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ । जुन सुन्तला खानाले रोकिन्छ ।
भाइरल इन्फेक्सन हटाउँछ
सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् ।
कब्जियत खुलाउँछ
कब्जियतको समस्या छ भने सुन्तला खाने गर्नुस्, दिसा खलास हुन्छ । यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।
आँखा तेजिलो बनाउँछ
सुन्तलामा पाइने भिटामिन–ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो समस्या देखापर्न दिँदैनन् ।
रक्तचाप नियन्त्रण गर्छ
सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।
छालाको सुरक्षा गर्छ
सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ । यो उत्तम एन्टी अक्सिडेन्ट हो । यसले छालालाई चम्किलो बनाउँछ
प्रतिक्रिया दिनुहोस्