राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा २५ करोड लगानी गर्दै

काठमाडौं, पुस १७ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

बैंकले माघ १ गतेबाट अर्को वर्षको असोज मसान्तसम्म ३६६ दिने मुद्दती निक्षेपमा सो रकम राख्न लागेको हो ।

राष्ट्र बैंकले बाणिज्य बैंकहरुमा २० करोड रुपैयाँ, विकास बैंकमा ३ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्नेछ । यसैगरी ग वर्गको फाइनान्स कम्पनीमा १ करोड २५ लाख रुपैयाँ राख्न लागेको केन्द्रिय बैंकले जनाएको छ ।

राष्ट्र बैंकको यो निक्षेप लिनको लागि बैंक तथा वित्तिय संस्था सञ्चालन भएको दुई बर्ष पुगेको, तोकिएको न्युनतम पुँजीकोष कायम भएको, निस्क्रिय कर्जा पाँच प्रतिशत भन्दा कम भएको लगायत विभिन्न १३ वटा शर्त बैंक तथा वित्तीय संस्थाले पुरा गर्नु पर्नेछ ।

यो रकम लिन चाहने बैंक तथा वित्तिय सँस्थाले पुस २० गते दिउसो ३ बजेसम्म राष्ट्र बैंक अन्र्तगत वित्त व्यवस्थापन विभागमा आफुले लिन चाहेको रकम र दिन चाहेको ब्याज खुलाई आवेदन दिन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

निष्कृय कर्जा कुल कर्जाको सापटीको स्प्रेडदर ५ प्रतिशतमा झार्नुपर्ने बताएको छ । खुद तरल सम्पति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रकेका छन् ।

प्रतिक्रिया दिनुहोस्