गभर्नरको उद्घोष – तरकारी किन्न पैसा बोक्नैपर्ने बाध्यता हटाउँछौं
काठमाडौं , पुस १४ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरकारी किन्न नगद बोक्नैपर्ने बाध्यता हटाइने बताएका छन् ।
वाणिज्य बैंकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । नगदरहित कारोबारलाई प्रोत्साहन गरी नगद बोक्नै पर्ने बाध्यता हटाउने उद्घोष उनले गरे ।
अहिले किनमेल गर्न नगद बोक्नै पर्ने बाध्यता रहेको छ । यो बाध्यतालाई आगामी वर्ष नै हटाउने गरी काम भइरहेको बताउादै उनले एक वर्षभित्रै तरकारी बजारहरुमा पनि डिजिटल कारोबार हुने बताए ।
विद्युतीय भुक्तानी सेवाको विस्तारमा बैंकहरुको पनि सहयोग रहेको उनले जानकारी दिए । ‘राष्ट्र बैंक र मेरो उद्देश्य भनेको एक वर्षपछि तरकारी किन्न जाँदा क्यास बोकेर नपरोस भन्ने हो’ गभर्नर अधिकारीले भने । गत शुक्रबार नक्सालको तरकारी बजारमा क्यूआर पेमेन्टको शुरुवात गरिएको थियो ।
त्यसतर्फ संकेत गर्दै उनले अब गाउँ गाउँ पुगेका बैंकका शाखाहरुलाई पनि यस्तो कार्यमा आवद्ध गराउने उनको भनाइ थियो ।















प्रतिक्रिया दिनुहोस्