तीन दिनदेखिको लगातार वर्षाका कारण साँफे–मार्तडी राजमार्ग खण्ड अवरुद्ध

काठमाडौं । बाजुरा जिल्लामा तीन दिनदेखिको लगातार वर्षाका कारण बिहानदेखि साँफे–मार्तडी सडकखण्ड अन्तर्गतको तिपाडामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन र मानिस आवतजावत गर्न नसकेको स्रोतले जनाएको छ ।

स्रोतले दिएको जानकारी अनुसार पहिरो पन्छाउन सडक निर्माणको जिम्मेवारी लिएको पी एस कन्स्ट्रक्सनको डोजरलाई आग्रह गरिएको बताउनुभयो । पहिरो बिहान ६ बजेतिर गएको गएको हो ।
दशैँ मनाउन जिल्ला फर्कन थालेका लामो दूरीका यात्रु भने बीचबाटोमा अलपत्र परेका छन् । तीन महिनापछि सञ्चालनमा आएको साँफे–मार्तडी सडकखण्ड फेरि अवरुद्ध हुँदा जिल्लावासीले सास्ती खेप्नु परेको छ । सो सडकखण्ड पटक–पटकको सडक अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्