नेकपाविरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं, पुस १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ।

नेकपाका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ता भएको आधिकारिक पार्टी भन्दै केपी ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेजी माग गर्दै रिट दायर गरेका थिए। मुद्दा पक्षको कानुन व्यवसायीको तर्फबाट स्थगन भएको अदालतले जनाएको छ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि आफ्नो पार्टीको नाम दावी गर्दै ऋषि कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए। आयोगले ओली-प्रचण्ड नेतृत्वको नेकपालाई मान्यता दिएपछि उनी २०७५ मंसिरमा सर्बोच्च अदालत गएका थिए।

प्रतिक्रिया दिनुहोस्