कुमारी बैंक र सात्विक आयुर्वेद अस्पतालबीच सम्झौता

काठमाडौं , पुस १४ । ग्राहकलाई उपचारमा सहुलियत दिन कुमारी बैंक र सात्विक आयुर्वेद अस्पतालबीच सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र विरगंज पर्सास्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा कुमारी बैंक लिमिटेड प्रदेश–२ का प्रमुख सिद्धार्थ सिंह र सात्विक आयुर्वेद अस्पतालका चिकित्सक अधिकृत प्रभाकर मनुले हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्र अनुसार सात्विक आयुर्वेद अस्पतालमा ओ।डि। पि।, प्याथोलोजी, पँचकर्म र औषधीमा ५ प्रतिशतसम्म, थेरापी, लगायत आइ। डि। पि। ९बेड चार्जेज० मा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले आफ्ना देशव्यापी १९५ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्