ग्लोबल आइएमई बैंकद्वारा दाङ्ग र नवलपरासीमा २ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात
काठमाडौं, पुस १२ । ग्लोबल आइएमई बैंकले दाङ्गको बबई गाउँपालिका–४ हापुरे रनवलपरासीको हुप्सेकोट गाउँपालिका–४ शंकरदेवमानयाँशाखारहित बैंकिङ्ग सेवा सञ्चालनमाल्याएको छ । यी शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४३ पुगेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवालिन सक्नेछन् ।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथाझिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, NTC/CDMA/UTL/ DISH HOME को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवालिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउनेउद्देश्यले बैंकले७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फतआफ्ना २१ लाखभन्दा बढि ग्राहकहरुमाझ सेवाप्रदान गर्दैआइरहेकोछ ।
प्रतिक्रिया दिनुहोस्