स्वास्थ्य मन्त्री त्रिपाठीद्वारा पदबहाली , भने – सबै नागरिकलाई कोरोना भ्याक्सिन निःशुल्क उपलब्ध गराइन्छ

काठमाडौं, पुस १२ । नव नियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयस त्रिपाठीले पदबहाली गरेका छन् । शुक्रबार साँझ शितल निवास पुगी पद तथा गोपनीयताको सपथ खानु भएका स्वास्थ्यमन्त्रीले आईतबार मन्त्रालय पुगी पदभार सम्होका हुन् ।

मन्त्री त्रिपाठी यसअघि सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री थिए । उनलाई प्रधानमन्त्री ओलीले शुक्रवार मन्त्रालय परिवर्तन गरि स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिएका थिए । यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाललाई पर्यटन मन्त्री बनाईएको छ ।

यसैबीच स्वास्थ्यमन्त्री त्रिपाठीले सबै नागरिकलाई कोरोना भ्याक्सिन निःशुल्क उपलब्ध गराउने बताएका छन् । मन्त्री त्रिपाठीले कोभिड–१९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने अठोट व्यक्त गरेका हुन् ।

कुनैपनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा कुनैपनि ढंगले अपारदर्शी काम हुन नदिने पनि मन्त्री त्रिपाठीले बताए ।

प्रतिक्रिया दिनुहोस्