सेयर बजार ४० अंकले घट्यो , ४ अर्ब ६६ करोडको कारोबार

काठमाडौं , पुस १२ । साताको पहिलो दिन सेयर बजार घटेको छ । आज बजार परिसूचक (नेप्से) करिब ४० अंकले घटेको हो । योसँगै परिसूचक लगाता ३ दिनदेखि घट्दो क्रममा छ ।

आइतबार बजार ३९.९८ प्रतिशतले अंकले घट्दा परिसूचक फेरि २ हजारभन्दा तल झरेको छ । आइतबार बजार १ हजार ९ सय ९८ दशमलव ६५ अंकमा सीमित भएको हो । आजको बजारमा ४ अर्ब ६६ करोडको कारोबार भयो ।

आजको बजारमा कारोबार भएका १ सय ७५ कम्पनीमध्ये १ सय ४२ कम्पनीको मूल्य घटेको छ । २० कम्पनीको मूल्य बढ्दा १३ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ । बजारमा आज सबै सूचक तथा उपसूचक घटेको छ । जीवन बीमा क्षेत्रमा छ । निर्जीवन बीमा र अन्य क्षेत्रमा पनि २ प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ ।

बजारमा आज नारायणी विकास बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढ्यो । सबैभन्दा बढी गिरावट भने विशाल बजार कम्पनी र सोल्टी होटलको ५ प्रतिशत भन्दा धेरैले भयो । यस्तै नेपाल धितोपत्र बोर्ड ब्रोकर कमिसन दर घटाएपछिको पहिलो दिन नै नेप्सेमा राताम्मे छाएको छ ।

प्रतिक्रिया दिनुहोस्