के तपाईलाई युरिक एसिडले सताएको छ ? यसरी अब बच्नुहोस्
काठमाडौंपुस १२ । शरीरभित्र पिउरिन भन्ने प्रोटिन टुक्रिएर युरिक एसिड उत्पादन हुन्छ । सामान्यतः ३ देखि ७ मिलिग्रामरडेसिलिटरसम्मको युरिक एसिड नर्मल मानिन्छ । जब युरिक एसिडको मात्रा ७ भन्दा बढी हुन्छ, त्यसलाई युरिक एसिड बढेको भनिन्छ ।
यसरी युरिक एसिड बढेपछि सामान्यतः खुट्टाको बुढीऔँलाको छेउमा अचानक दुख्ने तथा सुन्निने अवस्था आउँछ । राति सुत्ने वेलामा सामान्य रहेको मानिस बिहान उठ्दा नाटकीय रूपमा दुख्ने र सुन्निने भई खुट्टा टेक्न गाह्रो हुन्छ । यसका साथै युरिक एसिड लागेमा कुर्कुच्चा, घुँडा, औँला र कुहिनो अकस्मात् दुख्ने गर्छ । यस्तो समस्या जुनसुकै उमेर समूहका मानिसलाई पनि लाग्न सक्छ ।
यस्ता छन् नियन्त्रण गर्ने उपायहरू
–बिहान उठने बित्तिक्कै पानी पिउनु । रगतमा यूरिक एसिडको मात्रा निर्जलताको कारणले पनि बढ्ने गर्छ । बढेको यूरिक एसिडलाई पिसापद्वारा बाहिर निकाल्न रोगीले दैनिक चार पाँच लीटर पानी पिउन आवश्यक छ ।
पानी पिउँदा एकैचोटीमा धेरै नपिएर थोरै थोरै गरेर पिउनु पर्छ । दिउसो घण्टा घण्टाको अन्तरालमा २र२ गीलास पानी पिउनु पर्छ । मिर्गौला विकृत भएर यूरिक एसिड बढेको भए धेरै पानी पिउन हुदैन ।
–ज्वानाको झोलको सेवनले पनि यूरिक एसिड सामना गर्न मद्दत पुर्याउँछ ।
–दैनिक एउटा स्याउको सेवन यो रोगका लागि उत्तम मानिन्छ । स्याउमा म्यालिक एसिड भन्ने तत्व पाइन्छ । जसले यूरिक एसिडलाई न्यूट्र«लाइजेसन गर्नुका साथै वाथ प्रकोपका दौरान हुने प्रदाहलाई पनि कम गर्छ ।
–आलसको तेल खानेः आलसको ओमेगा ३ को श्रोत हो । यसले यूरिक एसिड बढेर हुने प्रदाह कम गर्दछ ।
–रातो मासु, कलेजो, रक्सी, गेडागुडी जस्ता खानेकुराले युरिक एसिडको जोखिम बढाउँछ ।
–ग्रीन टी खानेः ग्रीन टी मा एन्टीअक्सिडेण्टको प्रचुरमात्रा भएकोले यूरिक एसिडमा राम्रो मानिन्छ ।
–हरेक दिन खाने भोजनमा कम्तीमा ५ सय ग्राम भिटामिन–सि जरुर लिनुहोस् ।
–पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने, जसले बढी भन्दा बढी युरिक एसिड पिसाबको माध्यामबाट बाहिर निस्कन्छ ।
–नियमित व्यायाम गर्नुपर्छ । स्वथ्य खानपान र जीवनशैली अपनाउनुपर्छ ।
–खानपानमा सतर्कता अपनाउनु पर्छ । खासगरी प्रोटिनयुक्त खानेकुरा सेवन गर्नु हुँदैन ।
प्रतिक्रिया दिनुहोस्