सर्वोच्च अदालत अगाडिबाट प्रर्दशन गर्ने नेविसंघका पाँच कार्यकर्ता पक्राउ

काठमाडौं, पुस १० । संसद् विघटनविरुद्ध प्रदर्शनका क्रममा नेपाल विद्यार्थी संघका पाँच कार्यकर्ता पक्राउ परेका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटनको विषयमा बहस जारी रहँदा नेविसंघ सम्बद्ध केही विद्यार्थीहरुले सर्वोच्चको गेटअगाडि प्रदर्शनको प्रयास गरेका थिए ।

सो क्रममा प्रहरीले नवराज त्रिपाठी, करुणासागर सिग्देल, कर्ण ओली, अर्बत खड्का र राकेश सिवाकोटीलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्