एनएमबी बैंक र सेलपेबीच सहकार्य
काठमाडौं, पुष १० । एनएमबी बैंकले डिजिटल भुक्तानी सेवा प्रवर्धनका लागि सेलपेसँग सहकार्य गरेको छ।उक्त सम्झौतामा बैंकका प्रमुख व्यापार र रणनीतिक अधिकृत सुदेश उपाध्याय र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन्।
सेलपे सेलकममार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउनरपाउन, बीमा रकम भुक्तानी, इएमआइ, तथा शेयर कारोबारको भुक्तानी गर्न सकिन्छ। सेलपेबाट सुरक्षित र विश्वसनीय हुने र त्यसका लागि कम्पनीलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको कम्पनीले जनाएको छ।
ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट एनएमबि बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्ने छन्।ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्ने कम्पनीले जनाएको छ।
एनएमबी बैंकको १७६ शाखाहरु, ९ एक्स्टेन्सन काउन्टर, २४९ शाखा रहित बैंकिङ्ग सेवा र १३५ एटीएमहरु छन्।
प्रतिक्रिया दिनुहोस्