नेपाल र एडीबीबीच २ सय मिलियन डलर सहुलियत ऋण तथा अनुदान सम्झौता
काठमाण्डौ , पुस ८ । एशियाली विकास बैंकले नेपालालाई २ सय मिलियन अेमरिकी डलर सहयोग गर्ने भएको छ । यसका लागि नेपाल र एसियाली विकास बैंक (एडीबी) बीच दुई सय मिलियन डलर बराबरको सहुलियत ऋण र अनुदानमा सम्झौता भएको छ ।
सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एडीबीका नेपाल मिसन प्रमुख रुदी लुइस हेन्ड्रुक्स भान्देलले हस्ताक्षर गरेका छन् ।नेपालले एडीबीबाट एक सय ९० मिलियन अमेरिकी डलर अर्थात् २२ अर्ब ५७ करोड रुपैयाँ सहुलियतपूर्ण ऋणको लागि सम्झौता गरेको हो ।
सम्झौता भएको रकममध्ये एक सय ५० मिलियन डलर नेपालका विमानस्थलको क्षमता विस्तारमा खर्च हुनेछ । जसमा त्रिभुवन विमानस्थलको ट्याक्सी वे, ह्यांगर र एप्रोनको विस्तार हुनेछ ।यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणमा पनि यो रकम खर्च गरिनेछ ।
यस्तै एडीबीले दिने ४० मिलियन डलरको सहुलियतपूर्ण ऋणबाट बाढी रोकथाम तथा प्रभावित क्षेत्रका बासिन्दाको आर्थिक आयआर्जनका कार्यक्रम सञ्चालन हुनेछन् । यसै कामको लागि एडीबीले नेपाललाई १० मिलियन डलर अनुदान पनि दिने सम्झौता भएको छ ।
यता अर्थ मन्त्रालयमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सहसचिव नेपालले भने यी कार्यक्रमहरूको कार्यान्वयनले नेपालको हवाई क्षेत्र र बाढी संरक्षण पूर्वाधारको विद्यमान क्षमता वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान विश्वास व्यक्त गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्