संसद् विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रिट, भोलि सुनुवाइ हुने

काठमाण्डौ , पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि सर्वोच्च अदालतमा रिटको ओइरो लागेको छ ।

संसद् विघटनको विरुद्धमा सोमबारसम्म ११ वटा रिट दर्ता भएकोमा मङ्गलबार थप दुई वटा थपिएसँगै १३ वटा रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जनाकारी दिए ।

रिटमाथि मङ्गलबार सुनुवाइ हुने उनले बताए ।  भोलि रिटमाथि सुनुवाइ सुरु हुने र त्यसपछि आदेशअनुसार प्रक्रिया अघि बढ्ने प्रवक्ता पोखरेलले बताए ।

यता संसद् विघटन भएयता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै पनि छुट्टाछुट्टै बैठक बस्ने क्रम बढेसँगै पार्टी फुटको सङ्घारमा पुगेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्