पहिरो खस्दा सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिकाको दोभानमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध बनेको छ ।

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको दोभानको डेढबक्समा गए राति सडकमाथिबाट ठूलो पहिरो खस्दा यातायात सञ्चालन अवरुद्ध भएको हो । सडक अवरुद्ध बनेपछि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ, पर्वतलगायतका सवारीसाधन बाटोमै अलपत्र परेका छन् ।

बुटवलबाट पाल्पातर्फ सवारी चल्न नसक्दा दशैँका यात्रु बाटामा नै अलपत्र परेका छन् । पाल्पाबाट दूध तथा तरकारी बोकेर जाने सवारीसाधन बाटामा रोकिएका छन् । एउटा डोजरले माटो र ढुंगा फालिए पनि पहिरो हटाउन समय लाग्ने स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्