ब्रोकर कमिसन घटाउन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं , पुस ४ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् ।

अर्थमन्त्रालयमा हिजो पूँजीबजार सम्बद्ध पक्षहरुसँगको छलफलमा मन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन विलम्ब नगर्न र प्रो एक्टिभ भएर लाग्न पूँजीबजार सम्बद्ध सरोकारवालाहरुलाई आग्रह गरे ।

पछिल्लो समय बढ्दो बजारको स्थायित्व कायम राख्न अहिलेका समस्या समाधान गरि समयतालिका बनाएर कार्यान्वयन गर्न समेत निर्देशन दिए ।

मन्त्री पौडेलले पूजीबजारको विकासका लागि बजेटमा उल्लेख भएका कार्यहरु समयमानै सम्पन्न गर्न तथा ऐन नियममा सुधार गर्न आवश्यक भए त्यसको तयारी गर्न समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्