बने बुद्ध लामा पहिलो नेपाल आइडल

काठमाडौं । बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामाले नेपाल आइडलको ताज जीतेका हुन् ।

उपाधिसँगै बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका छन् । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट समेत पाउनेछन् ।

मोरङका निशान फस्ट रनर अप भए यस्तै ललितपुरका प्रताप दास सेकेण्ड रनर अप बने ।

निशानले १५ लाख रुपैयाँ नगद पाउँदा प्रतापले १० लाख रुपैयाँ पाउने छन् ।

एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनौट गरिएको हो । स्रोतका अनुसार ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ मत खसेको थियो । जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्ध लामा पहिलो नेपाल आइडल भए । अघिल्लो साताको बिहीबार राति पौने ९ बजेदेखि खुलेको भोटिङ आज शुक्रबार साँझ ५ बजेसम्म खोलिएको थियो ।

नेपाल आइडलको समापनसँगै एपी वान टेलिभिजनले अर्को रियालिटी शो ‘नेपाल गट ट्यालेन्ट’ को घोषणा गरेको छ । यो सन् २०१८ को सुरुवातबाट प्रकारण हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्