सेयर बजारमा सामान्य गिरावट, ६ अर्ब रूपैयाँ बराबरको कारोबार
काठमाडौँ, मंसिर ३० । लगातार दुई दिनसम्म बढेको सेयर बजार परिसूचक आज मंगलबार घटेको छ। आइतबार र सोमबार एक सयभन्दा बढी अंकले उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० आज ५ अंकले घटेको हो।
सामान्य अंकको गिरावटसँगै कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक दुुई हजार ६१ अंकमा आएर रोकिएको छ। यस क्रममा ९७ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब रूपैयाँ बराबरको कारोबार भएको छ।
परिसूचक ओरालो लागेको दिन बैंक, लघुवित्त र जीवन बीमा कम्पनी बाहेक अन्य सबै कम्पनीमा गिरावट आएको छ। आज बैंक समूहको सूचक ०.०८, लघुवित्त ५९ र जीवन बीमा ५१ अंकले बढेको छ।
यसबाहेक अन्य ९ समूहमा गिरावट आएको छ। बजार घटेको दिन आज उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता १२५ रूपैयाँ कमाएका छन्।
प्रतिक्रिया दिनुहोस्