अब पत्रकारलाई पनि मासिक ४ हजार भत्ता दिइने
काठमाडौं, मंसिर २४ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले ६० वर्षमाथिका सञ्चारकर्मीलाई मासिक चार हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ ।
२० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाएका ६० वर्षमाथिका मकवानपुर जिल्लाका पत्रकारलाई ‘पेन्सन’ बापत मासिक नगद चार हजार रुपैयाँ प्रदान गरिने भएको हो ।
महासंघको बुधबार बसेको कार्यसमिति बैठकले ज्येष्ठ पत्रकार पेन्सन सम्बन्धी कार्यविधि, २०७७ को पास गर्दै आगामी महिनाबाट पेन्सन दिने तयारी गरेको महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईंले जानकारी दिए ।
उनका अनुसार भत्ता दिनका लागि अक्षय कोष स्थापना गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्