३९ अंकले घट्यो नेप्से, ४ अर्ब ७४ करोडको कारोबार

काठमाडौं, मंसिर २४ । बुधबार सेयर बजार परिसूचक (नेप्से) ३९.६ अंकले घटेको छ। हिजो मंगलबार ९ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज बुधबार ३९ अंकले घटेको हो ।

घटेको बजारमा ४ अर्ब ७४ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज २०१ कम्पनीको १ करोड ८ लाख कित्ता सेयर खरिदबिक्री भयो।२००६ अंकबाट सुरु भएको बजार क्रमशः घट्दै १९५५.७५ मा पुगेर रोकिएको छ।

आज सेन्सेटिभ इन्डेक्स ८।४७ अंकले घटेर ३७१।७१ मा पुगेको छ।बुधबार जलविद्युत् समूहको सूचक २२.८९ अंकले बढेको छ भने बाँकी सबै समूह ओरालो लागेका छन्।आज बैंकिङ समूह ३०।५९, व्यापार ९९।२६, होटल ५५.९४, विकास बैंक २२ अंकले घटेको छ।

त्यस्तै फाइनान्स २.५८ निर्जिवन बिमा २२५.१३, बिमा २७०.४६, माइक्रोफाइनान्स ६९.८ अंकले ओरालो लागेको छ।  यस क्रममा आज जलविद्युत्को सूचक २२ अंकले उकालो लाग्नुबाहेक अन्य सबै समूह ओरालो लागेको छ। त्यसमध्ये जीवन बीमा कम्पनीको सूचक सबैभन्दा धेरै २७० रूपैयाँले घटेको छ। यस्तै, निर्जीवन बीमा कम्पनीको सूचक पनि २२५ अंकले खुम्चिएको छ।

बजार घटे पनि आज नारायणी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ३६ रूपैयाँ कमाएका छन्। बुधबार नारायणी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने अरुण भ्याली जलविद्युत्का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्