यसरी गरे दीपक र दीपाले धुमधामका साथ विवाह

काठमाडौं, माघ २४ । धेरै वर्षदेखिका चर्चित हाँस्यकलाकार जोडी दीपकराज दीपकराज गिरी र दीपाश्री निरौलाले विवाह गरेका छन् । शारिरीक रुपले अशक्त सोझो गाउँले केटो दीपकले विधवा दीपासँग समाजलाई चुनौति दिँदै विवाह गरे । दीपक र दीपा अभिनित सामाजिक चलचित्र ‘हुन्नरी’ को कथा हो यो ।

सामाजिक सुरक्षा भत्ताबारे चेतना जगाउन निर्माण गरिएको यो चलचित्रमा दीपक र दीपा प्रेमी प्रेमीकाको रुपमा देखिएका छन् । चलचित्रले सामाजिक सुरक्षा भत्ता बापत पाएको पैसा बचत गरेर ठुलो काम गर्न सफल भएको विषय देखाएको छ ।

 


समाजिक सुरक्षा भत्ताको सही सदुपयोग भएमा थोपा थोपा संकलन गरेर गतिलो काम गर्न सकिने सन्देश चलचित्रले दिएको छ ।

केन्द्रिय पञ्जिकरण विभागका लागि सेभ द चिल्ड्रेनको सहयोगमा शुभ मिडिया होमले निर्माण गरेको यो चलचित्रलाई दीपक आचार्यले निर्देशन गरेका हुन् । अभिमन्यु निरवीको लेखन रहेको चलचित्रमा दीपक दीपासँगै देशभक्त खनाल, लक्ष्मण विक्रम बस्नेत, लक्ष्मी गिरी, निरु खड्का, दीपक आचार्य, कमला रेग्मी, गीता थापा, अप्सरा अधिकारी लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्