अन्य बैंकको एटीमए प्रयोग गर्दा अब शुल्क लाग्ने
काठमाडौं, १९ मंसिर । अन्य बैंकको एटीमए प्रयोग गर्दा अब शुल्क लाग्ने भएको छ । सअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले निर्देश गरेको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एमीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो ।
एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा बैंकहरुले सामान्यतयाप्रति कारोबार २५ रुपैयाँ लिने गरेका थिए । यद्यपि, केही बैंकहरुले २५ रुपैयाँ भन्दा धेरै र केही बैंकले यो भन्दा कममा पनि सेवा दिने गरेका थिए । यसले एटिएम प्रयोगकर्ताहरुलाई थप भार हुने भएको छ ।















प्रतिक्रिया दिनुहोस्