ब्रोकर कमिशन घटाउन माग गर्दै पुगे पाँच सङ्गठनका प्रतिनिधिहरु बोर्डमा
काठमाडौं, १९ मंसिर । सेयर खरिदबिक्री वापत तिर्नुपर्ने ब्रोकर कमिशन घटाउन माग गर्दै शेयर लगानीकताहरुले आन्दोलनको चेतावनी दिएका छन् ।
लगनीकर्ताहरुको सङ्गठनका प्रतिनिधिले शुक्रवार नेपाल धितोपत्र बोर्डलाई ज्ञापन पत्र बुझाएका छन् । पाँच ओटै लगानीकर्ता सङ्गठनका प्रतिनिधिले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो ।
पटक पटक भेटेर समस्या राख्दा सुनवाइ नभएको र लगानीकर्ताहरूले समेत सङ्गठनहरुले काम नगरेको आरोप लाग्दै गएपछि उनीहरूले लगानीकर्ताहरुलाई नै साक्षी राखेर ज्ञापन पत्र बुझाएका हुन् ।
ब्रोकर कमिसन घट्नु पर्ने सबै लगानीकर्ता सङ्गठन जिकिर माग गरेका छन् । पछिल्लो समय एकै दिनमा करिब ९ अर्बको कारोबार हुन थालेको तर ब्रोकर कमिशन भने अत्यधिक भएको भन्दै काम कार्यान्वयन नभए लगानीकर्ताहरुले आन्दोलन गर्ने चेतावनी दिएका हो ।
हाल ब्रोकर कम्पनीहरुले ०।६५ प्रतिशतसम्म ब्रोकर कमिशन लिँदै आएका छन् । यसलाई घटाएर ०।२५ प्रतिशत बनाउनु पर्ने लगानीकर्ताको माग छ ।
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलका अनुसार ब्रोकर कमिशन घटाउनका लागि शुक्रबार लगानीकर्ताहरुको समूहले नेपाल धितोपत्र बोर्डलाई दबाब दिने कार्यक्रम रहेको छ ।
कमिशन घटाउनका लागि पहिलो चरणमा बोर्डको ध्यानाकर्षण गराउने र त्यसपछि पनि सुनुवाइ नभए आन्दोलनका थप कार्यक्रमहरु अघि बढाउने तयारुमिा लगानीकर्ताहरु छन् ।















प्रतिक्रिया दिनुहोस्