७० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं , मंसिर १७ । बुधबार सेयर बजारको परिसूचक नेप्से ७० अंकले बढेको छ। साताको चौथो दिन कारोबार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ७० अंक भन्दा माथिले उकालो लागेको छ ।

नेप्सेमा कारोबार हुने व्यापार बाहेक अन्य सबै समूहहरु बढेर हरियाली देखिदा नेप्से परिसूचक ७० दशमलव ६४ अंकले बढेर २ हजार ७१ दशमलव ०२ अंकमा पुगेको छ ।यो अंक हालसम्मकै उच्च हो। निरन्तर बढिरहँदा नेप्सेमा दिनदिनै नयाँ रेकर्ड बनिरहेको छ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.१९ प्रतिशत अर्थात १२.२५ अंकले बढेर ३९६ दशमलव ०४ अंकमा पुगेको छ । दिनभर भएका ६० हजार ८ सय ४६ कारोबारबाट २०१ कम्पनीका १ करोड ५४ लाख १६ हजार ३ सय ८३ कित्ता सेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम ७ अर्ब ३७ करोड ४०लाख १७ हजार ९ सय रुपैयाँ पुगेको छ । बुधबार व्यापार समूह १६ दशमलव ६३ अंकले ओरालो लागेको छ भने अन्य सबै समूह बढेका छन् ।

बैंकिङ समूह ६.३८, होटल ५१।१६, विकास बैंक २२.५९, हाइड्रोपावर ८८.९९, फाइनान्स ३.७६, निर्जिवन बिमा २४४.८२, उत्पादमूलक ३०३.१२, लघुवित्त २३२।५६, जीवन बिमा ६०८.७३ र म्युचुअल फण्ड ०.०४ अंकले बढेको छ ।

नेपाल टेलिकमको सबैभन्दा बढी रकम ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने नविल बैंकको २२ करोड ८० लाख रुपैयाँको सेयर किनबेच भयो।

साना किसान विकास बैंक, विशाल बजार कम्पनीको मूल्य पनि करिब १० प्रतिशतकै हाराहारीमा बढेको छ। एनआरएन लघुवित्त, उन्नति सहकार्य, नेपाल टेलिकमको मूल्य पनि करिब १० प्रतिशतले नै बढेको छ। युनिलिभर नेपालको मूल्य ५ प्रतिशतले घटेको छ।

यस दिन जनउत्थान सामुदायिक लघुवित्त, एनएमबि म्युचुअल फण्ड, विजय लघुवित्त, हिमालय डिस्टिलरी, लक्ष्मी लघुवित्त, नेरुडे लघुवित्त, छिमेक लघुवित्त, मिथिला लघुवित्त र सान्जेल जलविद्युत कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो।

 

प्रतिक्रिया दिनुहोस्