सातामा निक्षेप १९ अर्बले बढ्दा कर्जा १६ अर्बले बढ्यो

काठमाडौं, मंसिर १६ । एक सातामा २७ वाणिज्य बैंकहरुमा १९ अर्ब निक्षेप बढेको छ। त्यस्तै कर्जा प्रवाह भने १६ अर्बले बढेको छ।

नेपाल बैंकर्स एसोसिएसनको तथ्याङअनुसार मंसिर १२ गतेसम्म २७ वाणिज्य बैंकहरुमा ३६ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। ५ गतेसम्म ३६ खर्ब ५६ अर्ब रुपैयाँ संकलन भएको थियो।

त्यस्तै मंसिर १२ गतेसम्म कुल कर्जा प्रवाह ३० खर्ब ६६ अर्ब पुगेको छ। ५ गतेसम्म ३० खर्ब ५० अर्ब रहेको थियो।यस आर्थिक वर्षको मंसिर १२ गतेसम्म निक्षेप संकलन १ खर्ब ८८ अर्बले बढेको छ भने कर्जा प्रवाह १ खर्ब ६३ अर्बले बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकहरुमा ३४ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो। त्यस्तै सो अवधिसम्म २९ खर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो।

प्रतिक्रिया दिनुहोस्