स्मरण होस् फेरी चुनाव आउँछ
काठमाडौं । नेपाली जनता संधै राजनीतिक चपेटामा पर्नु परेको छ । काम गरेर खाने वातावरण छैन । राणा शासनका कारण दुःख पाईयो विकास हुन सकेन भनि २०४ वर्षे राणा शासन हटाईयो, पञ्चायत आयो त्यसले पनि जनतालाई विकास दिन सकेन ठूलो संघर्ष पनि प्रजातन्त्र ल्याइयो, त्यसपछि पनि दलहरुबिच आन्तरिक खिचतानीका कारण जनताको अपेछा अनुसार काम गर्न सकेन र राजसंस्थाले गर्दा केहि गर्न नसकेको, अधिकार दरबारमा सिमित भएको भन्दै जनतालाई अधिकार सम्पन्न बनाउन राजा र राजसंस्थानै फ्याँकी लोकतान्त्रिक गाणतन्त्र ल्याइयो । संविधान बाधक भएको भनि संविधान निमार्ण पनि गरियो । तर यसले न देश विकासको लय समाउन सक्यो नत जनतालाई अधिकार सम्पन्न बनाउन । अधिकार पाए त केहि झुण्ड नेताहरुले । एक राजाबाट धेरै राजा जन्मिए । यी नेताहरुले जनताको गास बास, कपास, स्वास्थ्य, शिक्षा जस्ता आधारभुत आवश्यकता पनि पुरा गर्न सकेनका छैन ।
२१ औं शताब्दी पनि जनताहरु भोकमरी व्यहोर्नु परेको छ । रोजीरोटी र रोजगारीको लागि खाडी जनुपर्ने वाध्यता छ । आर्थिक स्रोत जुटाइए पनि कृषि गर्न सिंचाई र मल नै पाइदैन । उत्पादन गरे पनि बजार छैन । किसानले उचित मुल्य र समयमा भुक्तानी नपाँदा झन समस्या व्यहोर्नु परेको छ । यसले गर्दा जनतालाई गरि खाने वातावरण बनाउनु सकारको कर्तव्य हो की होइन ? जनता केहलिेसम्म पीडामा पर्ने ?
सरकारले राहतको प्याकेज ल्याँदैन । अनुदान दिने घोषणा गर्छ सरकार जनताले लनै सक्दैन । टाडाबाठाले नै कागज मिलाएर खाने प्रचलन नै भईसकेको छ । हामी जनता कहिले सम्म पिल्सि रहने ? जवाफ देउ सरकार ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा फस्दै गएको छ । एकले अर्काेको अस्थित्व स्वीकार गर्न नसक्ने अवस्थामा पुगेको छ । सरकारले जनताको काम कर्तव्यलाई विर्सेर सम्पूर्ण समय आरोपप्रत्यारोपमा नै खर्चिएको छ ।
विश्वव्यापी रुपमो फैलिएको कोरोना भाइरस (कोभिड १९ ) को संक्रमणबाट जनतालाई बचाउन सबै प्रतिवद्ध भइ लाग्नु पर्ने अवस्थामा सक्तारुढ दलनै आन्तरिक विवादमा फस्दा यो मार आम जनतामा परेको छ ।
सरकारको यस्ता प्रवृत्तीले गर्दा सुखी र सवृद्ध नेपालको नारालाई सपना बनाई दिएको छ । यस किसिमको चाल र जालमा पार्टी विवादमा फस्दै जाने हो भने आर्थिक वृद्धि लक्ष्य पुरा हुनुको साटो गिर्दै जाने निश्चित छ । अल्पमतको सरकार हुँदा विकास निर्माण लगायत कार्यक्रमहरु अगाडि नबढेको निश्कर्ष निकाल्दै जनताले नेपाल कम्युनिष्ट पार्टीलाई बहुमत दियो । अब देशमा विकासको मुलफुट्छ । उद्योगहरु खुल्छन्, रोजगार सिर्जना हुन्छ, सबै राजनीतिक खिचतानी पनि समाप्त हुन्छ, आर्थिक वृद्धि हुन्छ देश विकासले लय लिन्छ भन्ने आस र भरोसा थियो आम जनतामा । तर जनताको आसाको दियोलाई बल्नै दिएन ।
सरकारमाथी जनताले गरेका आसा र भरोसालाई निरास बनाएको छ । जनतामाथी बज्र प्रहार भएको छ । जे गरे पनि सरकारले जनतामाथि नै आफ्नो दवदवाह गरेकै छ । आखिर केहिलेसम्म पिल्साईराख्ने हो देश र जनतालाई ? निकास दिनुपर्दैन सरकार र जिम्मेवार पार्टीले ? कहाँ विर्सनु भयो चुनावका बला जनतासमक्ष गर्नु भएका प्रतिवद्धता र घोषणा पत्र कुन कुनामा कोच्नु भयो ? स्मरण होस् फेरी पनि चुनाव आउँछ जनताकहाँ जानु पर्ला नी ? त्यती बेला जनताले तपाईहरुलाई जवाफ दिनेछन् । सजाईको भागीदार हुन तयार हुनुस् ।




प्रतिक्रिया दिनुहोस्