प्रदेश ५ निर्वाचनको परिणाम आजै राति १० बजेसम्म आइैसक्ने

काठमाडौं । प्रदेश ५ मा राष्ट्रियसभा निर्वाचनको मत परिणाम बुधबार नै राति १० बजेसम्म आउने भएको छ ।
तीन बजे मतदान सकिएपछि दलहरुसँग छलफल गरेर ४ बजेदेखि मतगणना सुरु गर्ने र १० बजेसम्म नतिजा दिने निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए । उनले भने, ‘

‘हामी ४ बजेदेखि मतगणना शुरु गर्छौं, १० बजेसम्म नतिजा आइसक्छ’
प्रदेश ५ मा राष्ट्रियसभा निर्वाचनको मतदान दाङको कर्मचारी मिलन केन्द्र अगाडि भवनको खुला चौरमा भएको छ ।

प्रदेश ५ मा ३०५ जना मतदातामध्ये ३०३ जनाले मतदान गरेका छन् । रुपन्देहीकी विना पन्त र बाँकेका अहमद साहले मतदान गरेका छैनन् । उनीहरु संघीय समाजवादी फोरम नेपालका हुन् ।

राष्ट्रियसभा निर्वाचनमा चयन हुने ८ सदस्यमध्ये तीन जना महिला सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी ५ सदस्य चयनका लागि मतदान भएको हो।

 

प्रतिक्रिया दिनुहोस्