आज पनि सेयर बजारमा पुनः नयाँ रेकर्ड, ९ अर्ब नाघ्यो कारोबार रकम

काठमाडौं , मंसिर १४ । साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले अर्को कीर्तिमान कायम गरेको छ।हरेक साता नयाँ कीर्तिमान बन्दै आएको सेयर बजारमा आज कारोबार, परिसूचक र सेयर किनबेचतर्फ नै नयाँ रेकर्ड बनेको हो।

आज नेप्से परिसूचक ७५ अंकले बढेर एक हजार ९६८ अंकमा पुगेको छ। यो अहिलेसम्मकै उच्च परिसूचक हो। नेपाली सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलो दिन आइतबार भएको कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको हो ।

आइतबार नेप्से परिसूचक ३।९६ प्रतिशत अर्थात ७५ दशमलव ०२ बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंक भन्दा माथि परिसूचक पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

यसैगरी सेयर कारोबार रकम पनि एकैदिन साढे ९ अर्ब रुपैयाँ नाघेको छ । गत बिहीबारमात्रै ७ अर्ब नाघेर नयाँ रेकर्ड भएको कारोबार रकम आइतबारनै तोडिएको हो ।

दिनभर भएका ८० हजार २ सय ७१ कारोबारबाट २ सय कम्पनीका २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता सेयर किनबेच भएको छ । जसअनुसार कारोबार रकम ९ अर्ब २२ करोड ७३ लाख ३८ हजार ३ सय ४८ रुपैयाँ पुगेको छ ।

आइतबार नेप्से परिसूचक तथा कारोबार रकममा नयाँ रेकर्ड नै कायम भए पनि सबै लगानीकर्ताहरुले कमाउन सकेनन् ।बजारमा उल्लास देखिए पनि व्यापार तथा होटल समूहका लगानीकर्ताहरुले गुमाएका छन् । बैंक, विकास बैंक, जीवन बिमा लगायतका समूहका लगानीकर्ताहरुले भने कमाएका छन् ।

यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि करिब ५ प्रतिशतले बढेको छ ।आज व्यापार, होटल, निर्जीवन बीमा कम्पनी र उत्पादनमुलक समूहको सूचक घटेको छ।
यसबाहेक अन्य सबै समूहको सूचकमा उत्साहजनक सुधार आएको छ।

प्रतिक्रिया दिनुहोस्