लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान : बढेको बढै् महिला हिंसाका घटना
पार्वती पाठक, काठमाडौं, मंसिर १० । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ ।हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न सचेतना मुलक कार्यक्रम गरेर विश्वभर लैंगिक हिंसाविरुद्धको अभियान मनाउने गरिन्छ ।हिंसाको अन्त्य गर्न २०७५ सालदेखि देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन थालीएको हो ।महिला तथा बालिकाहरुको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैंगिक समानता कायम गर्न नेपालमा २०५४ सालदेखि यस अवधिमा लैंगिक हिंसा विरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउने गरिएको छ ।
यो वर्ष अन्तर्राष्ट्रिय दिवस तथा १६ दिने अभियान ‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने नाराका साथ मनाईँदै छ । २०५४ सालदेखि यो अभियान निरन्तर चलिरहेको छ ।महिलाविरुद्ध हुने सबै हिंसा अन्त्यको अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५) देखि यो अभियान सुरु हुन्छ ।
लैङ्गिक हिंसाको अन्त्य तथा सन् २०३० सम्म विकासोन्मुख राष्ट्रतर्फ उन्मुख हुने उद्धेश्यले हरेक वर्ष १६ दिने अभियान सञ्चालन हुने गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।
महिला हिंसाका घटना कम गर्न सरकारले हरेक वर्ष यस्ता कार्यक्रमहरु गर्दै आइरहेको भएपनि हिंसाका घटना भने वर्षेनी बढ्दै गइरहेका छन् । लैङ्गिक हिंसाको अन्त्य गर्न सरकारले गरेको पहलले वास्तविक पीडित महिलालाई कुनै राहत मिलेको छैन । अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवस मनाइरहँदा अझै पनि महिलाहरु आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक रूपले विभेदीकरणमा परेका छन् भने शारीरिक र यौनिक हिंसाका शिकार भैरहेका छन् ।
वार्षिक १८ देखि २० हजार महिला हिंसाका घटना भएको प्रहरी प्रधान कार्यालयको तथ्याङमा देखिन्छ ।गत आर्थिक वर्षमा १५ हजारभन्दा बढी महिला हिंसाका घटना घटेका थिए ।चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौं, असोज) मा मात्र १ हजार ९ सय घटना भएको रिपोर्ट प्राप्त भएको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले बताए।जसमा सबैभन्दा बढी घरेलु हिंसाका घटना छन् । तीन महिनामा १ हजार ३ सय ४२ वटा घटना घटेका छन् ।जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, दाइजोप्रथा, बालविवाह, बहुबिवाह, जातीय छुवाछुत, बोक्सी आरोप, अवैध गर्भपतन, बालयौन दूराचार, अप्राकृतिक मैथुनलगायतका घटनाहरु भएका छन् ।
महिला अझै आफ्नै घर परिवारबाट घरेल् हिंसाका शिकार भइरहेका छन् । समाजमा विद्यमान विकृति, कुसंस्कार र अन्धविश्वास, विभेद, अन्याय, अत्याचार र अपमानित जीवन जिउन बाध्य छन् ।जसले गर्दा उनीहरु माथि दिनप्रति दिन आपराधिक घटना घटिरहेका छन् । नेपालमा महिलामाथि स्थितिलाई हेर्दा दैनिकी ७ महिलाको बलात्कार भएको तथ्याङ्कले देखाएको छ । प्रहरीअनुसारका बलात्कार र बलात्कार प्रयाससम्बन्धी घटना ८२ प्रतिशतभन्दा बढी अपराध, नातेदार, छिमेकी तथा चिनजानकै मान्छेबाट हुने गरेको छ ।
विभिन्न अध्ययनअनुसार संसारभरिमा प्रत्येक दिनमध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन् भन्ने जनाइएको छ । त्यो हिंसा आफ्ना आफन्त, विश्वास पात्र, जीवनसाथी र प्रेमीबाट भोगेका हुन्छन् । यस्तै अर्को अध्ययनले विश्वभरिमा ३५ प्रतिशत महिला आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरिक या यौनजन्य हिंसाको शिकार हुन्छन् भने तथ्याङ्कले देखाएको छ । संसारको सृष्टि थेग्ने यिनै महिला आज पनि विश्वभरिमा नै हिंसाको शिकार भइरहेका छन् ।
महिला हिसा बिरुद्धको घटना बढेको बढै्
समाजमा पितृसतात्मक सोच अझैं हट्न सकेको छैन् । हाम्रो समाजमा जडको रूपमा रहेको पितृसत्तात्मक सोच राजनीतिक क्षेत्रमा पनि जरो गाडेर बसको छ । महिला अधिकार र महिला समानताको आवाज उठ्ने, राजनीतिक क्षेत्रमा पनि महिलामाथि हिंसा गरेको पाइन्छ । महिला र पुरुष समान हुन् र समान हुनुपर्दछ भनेर समाज र मुलुक परिवर्तन गर्न राजनीतिक क्षेत्रमा लागेका महिलाहरु पनि मानसिक रूपले पीडित हुन्छन् ।समाजमा छोरा र छोरी दुवै बराबरी भन्ने सोचलाई आत्मसात गर्दै महिला हिंसाविरुद्ध व्यापक जनचेतना जगाउनुसक्नुपर्दछ । पहिचान नभएका अमूर्त हिंसाको खोजी गरी यसको निर्मूलीकरण गर्नु आजको आवश्यकता हो । त्यसैले महिला हिंसा अन्त्यका लागि सबैको मानसिकतामा परिवर्तन र कानुनको कार्यान्वयन आजको आवश्यकता हो ।नेपालमा महिलासम्बन्धी, छुवाछूतसम्बन्धी घटना हुन नदिन सरकारी र गैरसरकारी क्षेत्रबाट जनचेतना जगाउने, अपराधलाई दण्डसजाय दिने जस्ता कामहरु पनि नभएका होइनन् । तर यति हुँदाहुँदै पनि त्यस्ता अपराधहरु घट्नुको साटो बढ्दै गएको देखिएको छ पछिल्लो समय ।
पीडितलाई न्याय र पीडकलाई दण्ड सजाय आवश्यक ,
नेपालमा पटक पटक राजनीतिक परिवर्तनले महिला सहभागिता र सचेतना बढाउँदै लगे पनि निर्णायक तहमा अझै संविधानले दिएको अधिकारको कार्यान्वयन हुन सकेको छैन । यसका लागि राजनीतिक दलका नेताहरुले महिलामैत्री नीति, आफ्नो सोच र शैलीमा परिवर्तन गर्न जरुरी छ । यस्तै संविधान र कानुनमा हिंसाविरुद्ध भएका प्रावधानलाई कार्यान्वयन गर्दै पीडितलाई न्याय र पीडकलाई दण्ड सजाय दिई दण्डहीनताको अन्त्य गरिनुपर्दछ र व्यक्तिगत सोचमा परिवर्तन ल्याएर महिला माथि हुने हिंसाका घटना कम आफैबाट पर्ने जरुरी छ । हिंसामुक्त, समृद्ध र न्यायपूर्ण समाजको निर्माणका लागि महिलाको समान अग्रसरता र नेतृत्वदायी भूमिकासहित सम्पूर्ण महिलाले आत्मसम्मानको अनुभूति हुने वातावरण निर्माण गरिनुपर्दछ । राज्यका सबै तह तथा संरचनामा लैङ्गिक मूल प्रवाहीकरण गरी लैङ्गिक उत्तरदायी शासन पद्धतिलाई संस्थागत गर्न आवश्यक छ ।
अब के गर्न ?
समाजका सम्बद्ध सबै पक्ष थप सचेत र जागरुक हुँदै हिंसामुक्त समाज स्थापनार्थ अग्रसर हुनुपर्ने बोक्सी, छाउपडी, दाइजो तथा तिलक प्रथाजस्ता सामाजिक कुरीति, कुप्रथा र अन्धविश्वासलाई कानूनले निषेध गरेको भए तापनि अझै धेरै दिदीबहिनी हिंसा, विभेद र अपमानका पीडाबाट गुज्रिनु परिरहेको छ । घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपसार, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यहार, एसिड आक्रमणका साथै बलात्कारजस्ता जघन्य हिंसा निर्मूलन गर्ने सरकारका प्रयास पूर्णरूपमा सफल बनाउन समाजका सबै पक्ष त्यत्तिकै सक्रिय हुनुपर्छ” , । “हिंसामुक्त, समृद्ध र न्यायपूर्ण समाजको निर्माणका लागि महिलाको समान अग्रसरता र नेतृत्वदायी भूमिकासहित सम्पूर्ण महिलाले आत्मसम्मानको अनुभूति हुने वातावरण निर्माण गरिनुपर्दछ । राज्यका सबै तह तथा संरचनामा लैङ्गिक मूल प्रवाहीकरण गरी लैङ्गिक उत्तरदायी शासन पद्धतिलाई संस्थागत गर्न आवश्यक छ ।”
प्रतिक्रिया दिनुहोस्