नेप्से परिसूचक १८ सय नाघ्यो, कारोबार उच्च , पुग्यो साढें ५ अर्बको हाराहारीमा

काठमाडौं , मंसिर ९ । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब ३० अंकले बढेको छ । नेप्से परिसूचक २९ दशमलव ६८ अंकले बढेर १ हजार ८ सय १० दशमलव ११ अंकमा पुगेको छ ।

नेप्से परिसूचक लामो समय पछि १ हजार ८ सय माथि पुगेको हो । कारोबार रकम करिब साढे ५ अर्ब रुपैयाँ नाघेको छ । दिनभर भएका ४९ हजार ७ सय ८३ कारोबारबाट १ सय ९६ कम्पनीका १ करोड १७ लाख ४८ हजार ५ सय २० कित्ता सेयर किनबेच भएका छन् ।

जस अनुसार कारोबार रकम ५ अर्ब ४४ करोड २९ लाख ५० हजार १ सय ८९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा कारोबार हुने १३ उपसमूहहरु मध्ये होटल समूह भनेर घटेर रातो देखिएको छ । होटल मंगलबार १।६५ प्रतिशत अर्थात ३४ दशमलव ९२ अंकले ओरालो लागेको छ । यो बाहेक अन्य सबै समूहहरु उकालो लागेका छन् ।

मंगलबार धेरै बढ्नेमा व्यापार समूह देखिएको छ । यो समूह १७२ दशमलव ६२ अंकले उकालो लागेको छ । बुधबार ८ वटा कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । सबैभन्दा धेरै सेयर मूल्य बढ्नेमा बोटलर्स नेपाल लिमिटेड ९बीएनटी० देखिएको छ ।

पछिल्ला दिनमा सेयर बजारमा भइरहेको सुधार जारी छ।वाणिज्य बैंकहरुको सुधारबिना नै सेयर बजारमा सुधार आइरहेको छ। थोरै सेयर पुँजी भएका कम्पनीको सेयरमा कर्नरिङ गरेर बजार सुधार हुने क्रम रोकिएको छैन। यसकै निरन्तरताले गर्दा मंगलबार नेप्से सूचक २९.६८ अंकले सुधार भएको छ।

प्रतिक्रिया दिनुहोस्