घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, मंसिर ९ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ।

यसैबीच मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार तोलामा १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १ हजार १८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्