नेप्से सूचक २३. ३२ अंकले बढ्यो, ४ अर्ब ७९ लाख बढीको कारोबार

काठमाडौं, मंसिर ३ । बुधबार नेप्से सूचक २३।३२ अंकले बढेको छ । समग्रमा बजार १.,३६ प्रतिशतले बढेर १७४१.८१ बिन्दुमा अडिएको छ । १९४ कम्पनी सामेल भएको बजारमा ४ अर्ब ७९ करोड १० लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।

नेप्से सूचक २३.३२ अंकले बढेर १७४१.८१ बिन्दुमा आइपुगेको छ । १९४ कम्पनीको ४ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ करोड १६ लाख ७४ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको हो ।खरिदबिक्री भएका १२ समूहमध्ये ३ वटा समूहको सूचक मात्र घटेका छन भने बाँकी सबै बढेको छ । जीवन बिमा समूह सबैभन्दा बढी ५२१.३७ विन्दुले बढोत्तरी भएको छ ।

निर्जीवन बिमा समूह पनि ३९७.४८ अंकले वृद्धि भएको छ । हिमालयन डिस्टिलरी, गोर्खाज फाइनान्स, बोटलर्स नेपाल तराई, विशाल बजार कम्पनी तथा साल्ट ट्रेडिङको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अगाडी छ । यसको ३३ करोड ६२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।

दोस्रोमा नेपाल टेलिकम र तेस्रोमा नेपाल लाइफ इन्सुरेन्सको कारोबार भएको छ । नेपाल टेलिकमको ३० करोड ८५ लाख भन्दा बढीको सेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्सुरेन्सको २५ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्