आजबाट तीन दिनसम्म बैँकहरू बन्द हुने

काठमाडौँ, कार्तिक २९ । आजबाट तीन दिनसम्म बैंकहरु बन्द भएका छन् ।

तिहारको बिदा अवधि भएकाले आज, भोलि र पर्सी सबै बैंकहरू बन्द भएको नेपाल बैंकर्स संघले जनाएको छ ।

गएको वर्षको दशैँ तथा तिहारको बिदामासमेत बैंकले सीमित काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका थिए । तर, यस वर्ष कोरोना महामारीले गर्दा बैंक तथा वित्तीय संस्थाले सेवा बन्द गरेका हुन् ।

सीमित शाखा खोलेर बैं‌किङ्ग सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले बन्द गर्ने निर्णय भएको नेपाल बैंकर्स संघले जनाएको छ ।

सबै बैंकका शाखाहरु बन्द भए पनि डिजिटल बैंकिङ्ग र एटीएम सेवाहरु भने सञ्चालन भइरहने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्