अर्थतन्त्रलाइ चलायमान बनाउन अर्थमन्त्रीलाई चेम्बर अध्यक्षको २२ बुदेँ सुझाव

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आज अर्थ मन्त्री बिष्णुप्रसाद पौडेल समक्ष कोभिड९१९ महामारीबाट प्रभाबित अर्थतन्त्रलाइ चलायमान बनाउन २२ वुंदे सुझाब प्रस्तुत गरेका छन् । उक्त अवसरमा अध्यक्ष श्रेष्ठले निजी क्षेत्र तर्फ औद्योगिक उत्पादनमा भएको ह्रास र आयात घट्दै गएकोले कारोवारमा ह्रास आइ व्यापार व्यवसायमा मन्दी आएको उनले बताए । यसबाट राजश्व तथा रोजगारीमा प्रत्यक्ष प्रभाव परेको साथै जनताको क्रयशक्ती पनि प्रभाबित भएको उनले उल्लेख गरे । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको अहम भूमिका रहने र निजी क्षेत्रको दीगो विकासले नै आर्थिक विकास तथा रोजगारी अभिवृद्धिलाइ टेवा दिने हुनाले औद्योगिक तथा व्यवसायीक कारोवार बिस्तार गरी अर्थतन्त्रलाइ चलायमान बनाउन निजी क्षेत्रको मनोवल उच्च बनाउन जरुरी भएको उनले बताए ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले निजी क्षेत्र मूख्यतः ४ वटा बिषयवस्तुमा केन्द्रीत रहेको बताउदै यसमा राजश्व तथा रोजगारी वढाउने, जनताको क्रयशक्ति बढाउने, व्यवसायीकपारदर्शिता वढाइ व्यवसाय पूर्ण क्षमतामा संचालन गर्ने र आर्थिक चलायमान बनाउने रहेको बताए ।
सो अवसरमा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले चेम्वरबाट प्रस्तुत संस्थागत सुझावको लागि धन्यबाद ज्ञापन दिदै अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको ९ कोभिड९१९० बाट विश्व अर्थतन्त्रमा गम्भीर असर परेको बताए । नेपाल जस्तो अति कम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकमा यसबाट उत्पन्न चुनौतीसँग सामना गर्न व्यवसायी तथा उद्योगीहरुलाइ झनै कठिन रहेको अवस्था छ । यस सन्दर्भमा निजी क्षेत्रको आत्म बिश्वास नवढाइ समग्र अर्थतन्त्र उकास्न संभव नभएको कुरा राखे ।

अर्थ मन्त्री पौडेलले समस्त निजी क्षेत्रलाइ कोभिड९१९ बाट प्रभाबित अर्थतन्त्रलाइ उकास्न आत्म बिश्वास तथा मनोवल वढाउन र आफ्ना व्यवसायहरु सुचारु गर्न आव्हान गरे । राहतका लागि सरकारले गरेका प्रविद्धताहरुको पूर्ण कार्यान्वयन हुनेमा बिश्वस्त रहन आग्रह गर्दै यदी यस्तो हुन सकेन भने निजी क्षेत्रसंग पुनःछलफल गरिने उल्लेख गरे । अर्थतन्त्रलाइ उकास्ने चुनौतिहरु बारे मन्त्री श्री पौडेलले निजी क्षेत्रलाइ सरकार भएर सोच्न र सरकारले निजी क्षेत्र भएर सोच्ने बताए । यस परिस्थितिमा निजी क्षेत्र र सरकार समन्वयात्मक ढंगले अघि वढ्नुपर्नेमा उनले जोड दिए ।अर्थ मन्त्री पौडेलले चेम्वरबाट प्रस्तुत सुझावहरु मनन गरी यसलाई सम्वोधन गरिने बताए । सो अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल तथा उपाध्यक्ष द्धय कमलेश कुमार अग्रवाल तथा दीपक कुमार मलहोत्रा समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्