कोरोना नियन्त्रणमा चार महिनामा ६ अर्बभन्दा धेरै खर्च , के मा कति खर्च ?
काठमाडौं, कार्तिक २६ । सरकारले कोरोना महामारी नियन्त्रणका लागि गएको चार महिनामा ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रुपैयाँ खर्च गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आर्थिक वर्ष २०७७र०७८ मा कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण र उपचार व्यवस्थापनमा ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रकम विनियोजन भएको जानकारी दिए ।
कुल खर्चमध्ये हाई डिपेन्डेन्सी युनिटका लागि तीन अर्ब २५ करोड, प्रयोगशाला व्यवस्थापन तथा परीक्षणका लागि एक अर्ब १२ करोड ४० लाख रुपैयाँ र सङ्क्रमित व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ, उपचार तथा जोखिम भत्ताका लागि एक अर्ब १४ करोड २९ लाख छ हजार रुपैयाँ खर्च भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।
यस्तै आईसीयू तथा भेन्टिलेटर व्यवस्थापन र अस्पताल सुदृढीकरणमा एक अर्ब २९ करोड ९० लाख खर्च भएको प्रवक्ता गौतमले जानकारी दिए ।
यस्तै सरकारले सरकारी प्रयोगशालामा कोरोना परीक्षण तथा सरकारी अस्पतालमा कोरोना उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । तर सङ्क्रमण भएका व्यक्तिले कुनै किसिमको बीमा गरेको भएमा परीक्षण तथा उपचारको सबै खर्च बीमा रकमबाट व्यहोर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्