नेप्सेको उत्साह कायमै, परिसूचक १७ सय नाघ्यो, ६ महिनामै सुधारियो
काठमाडौं , कार्तिक २६ । सेयर बजार १७ सय अंकभन्दा माथि नाघेको छ। मंगलबार देखिएको सेयर बजारको उत्साह बुधबार पनि कायमै देखिएको छ । मंगलबारको तुलनामा बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक अझै बढेको छ ।
दोस्रो बजारमा पछिल्लो केही समयदेखि लगातार सुधार हुँदा नयाँ नयाँ रेकर्ड बनाइरहेको छ।सूचकमा सुधार आउँदा बजार पुँजीकरणमा पनि दिनदिनै नयाँ रेकर्ड बनिरहेको छ।
अघिल्लो कारोबार मंगलबार करिब २६ अंकले उकालो लागेको नेप्से परिसूचक २८.८९ अंकले बढेर १ हजार ७ सय माथि नाघेको छ । नेप्से परिसूचक बढेर १ हजार ७ सय ७ दशमलव ६७ अंक पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । सेन्सेटिभ इन्डेक्स १।५८ प्रतिशत अर्थात ५.२३ अंकले बढेको छ । कारोबार पनि मंगलबारकै हारहारीमा भएको छ ।
दिनभर भएका ३६ हजार ८ सय ९३ कारोबारबाट १९५ कम्पनीका १ करोड २५ लाख २३ हजार ६ सय ५१ कित्ता सेयर किनबेच भएका छन् ।जसबाट १ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ४२ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा कारोबार हुने उपसमूहहरु मध्ये फाइनान्स भने २ अंकले घटेको छ । यि बाहेक सबै उपसमूहहरु ओरालो लागेका छन् ।
६ महिनाको अवधिमा ५२९ अंकले सुधार भएको छ। दोस्रो बजार बुलिस ट्रेण्डमा रहेको सेयर बजारमा सस्ता र थोरै शेयर पुँजी भएका कम्पनीमा उछाल आइरहेको छ।
प्रतिक्रिया दिनुहोस्