राष्ट्रिय वाणिज्य बैंकले उद्यम गर्ने युवालाई सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं , कार्तिक २६ । राष्ट्रिय वाणिज्य बैंकले उद्यम गर्ने युवालाई सहुलियतपूर्ण कर्जा दिने भएको छ ।आफ्ना ग्राहकहरुलाई सजिलो बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको राष्ट्रिय वाणिज्य बैंकले उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको हो ।

बैंकले उद्यम तथा व्यवसाय गर्न चाहने बाँकेको खजुरा गाँउपालिका युवालाई सहुलियतपूर्ण कर्जा दिने भएको हो । सहुलियतपूर्ण कर्जा को लागि मंगलबार बैंक र सो खजुरा गाँउपालिकाबीच सम्झौता भएको छ ।

सम्झौतामा बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदी र गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले हस्ताक्षर गरेको जनाइएको छ । अब गाँउपालिकाले आफ्नो क्षेत्र भित्र रहेका व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी तालिम दिनेछ ।
यस्तो कर्जाले निर्वामुखी कृषि उत्पादनलाई व्यवसायीकरण गरी देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक सुवेदीले बताए ।

परामर्श र उद्यमशीलता सम्बन्धी तालिम प्राप्त गरेका व्यक्तिलाई गाउँपालिकाले कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ । उक्त सिफारिसमा परेका उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा दिनेछ ।

प्रतिक्रिया दिनुहोस्