सेयर बजारमा उत्साह, ४ अर्बभन्दा बढीको कारोबार
काठमाडौं , कर्तिक २५। साताको तेस्रो दिन मंगलबार सेयर बजार उचालिएको छ । मंगलबार कारोबार शुरु भएसँगै उकालो लाग्न थालेको सेयर कारोबार नेप्से परिसूचक२५ दशमलव ९८ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव ७९ अंकमा पुगेर बन्द भएको छ ।
नेप्से परिसूचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १।५५ प्रतिशतले बढेको छ । योसँगै मंगलबार कारोबार रकमले समेत दशैं पछिको नयाँ रेकर्ड राखेको छ ।
दिनभर ३८ हजार ६ सय ३४ कारोबारबाट १९६ कम्पनीका ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २ सय ५६ रुपैयाँ पुगेको छ ।
सबैभन्दा धेरै जीवन बिमा कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । यो उपसमूहले हालसम्मकै नयाँ रेकर्ड कायम गरेको छ । जीवन बिमा उपसमूह ४७६.३६ अंकले बढेर १० हजार २ सय ५१ दशमलव २२ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च हो
प्रतिक्रिया दिनुहोस्