तिहार बिदामा बैंकहरूले सबै शाखा बन्द गर्ने, ६ हजार बढी कर्मचारीमा कोरोना संक्रमण
काठमाडौं , कार्तिक २५ । तिहार बिदामा बैंकहरूले सबै शाखा बन्द गर्ने भएका छन् । कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकहरूको सम्पूर्ण शाखा बन्द हुने नेपाल बैकर्स संघले जनाएको छ । तर डिजिटल कारोबार र एटीएम सेवा भने नियमित रहने बैंकहरूले जनाएका छन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को संक्रमण मुलुकमा पनि बढ्दै गएको र पछिल्ला केही दिनमा सो संख्या झन् बढ्दै गएको भन्दै तिहार बिदामा बैकहरूले सबै शाखा बन्द गर्ने जनाएका हुन् । उसो त दसैँ बिदामा पनि बैंकहरुले शाखा बन्द गरेका थिए ।
पछिल्लो समय वाणिज्य बैंकका कर्मचारीहरुमा पनि कोरोना संक्रमणको दर दिनहुँ बढ्दै गएको छ । ‘‘अहिलेसम्म ६ हजारभन्दा धेरै कर्मचारी संक्रमित भएका छन् । नजिकिँदै गएको तिहार बिदामा बैंकका शाखाहरु बन्द हुने भए पनि डिजिटल बैंकिङ र एटीएम सेवा यथावत् रूपमा प्रयोग गर्न सकिने भएको छ ।
कोरोना संक्रमणबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको अधिकतम प्रयोग गर्न संघले आग्रह गरेको छ । यसअघि दसैं बिदामा पनि बैंकहरूले शाखा बन्द गरेर डिजिटल कारोबार गर्न आग्रह गरेका थिए ।















प्रतिक्रिया दिनुहोस्