दोहोरो अंकले बढ्यो नेप्से, साढे ३ अर्बको शेयर कारोबार

काठमाडौं , कार्तिक २३ । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । १२ दशमलव ४९ अंकले बढेर १ हजार ६ ४८ दशमलव ५८ अंकमा पुगेको छ ।

‘क’ वर्गको कारोबार मापवन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५७ अंकले बढेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार साढे ३ अर्ब बढी रकमको कारोबार भएको छ ।

दिनभर भएका ४१ हजार ७ सय ६७ कारोबारबाट १ सय ९८ कम्पनीका १ करोड ८ लाख ६३ हजार ४ सय ५६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २ सय ६१ रुपैयाँ पुगेको छ ।

वाणिज्य बैंकको सूचक गिरावट हुँदा पनि समग्र नेप्से सूचक भने बढेको छ। बाणिज्य बैंक र विकास बैंकमा सामान्य गिरावट आए पनि बाँकी सूचकमा उछाल आउँदा बजारमा सुधार आएको हो। व्यापारको सूचक ८।५८ प्रतिशतले बढेको छ। हिमालयन डिष्ट्रिलरी, साल्ट ट्रेडिङको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

बजारमा सुधार देखिएसँगै कारोबार रकम तीन अर्ब ५२ करोड रुपैयाँ नाघेको छ। १९८ वटा कम्पनीको शेयर कारोबार हुँदा ११४ वटा कम्पनीको मूल्यमा सुधार आएको छ भने ४५ वटा कम्पनीको मूल्य घटेको छ। सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २५ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ।

एक साताको करेक्सनपछि आइतबार शेयर बजार दोहोरो अंकले सुधारिएको छ।गत सातामा १२ अंकले घटेकोमा आइतबार एकै दिन १२।४९ अंकको सुधार देखिएको छ। ‍दसैंलगत्तै ४० अंकभन्दा माथिले सुधारिएको बजारमा गत एक साता नै करेक्सन भयो।

प्रतिक्रिया दिनुहोस्