हिन्दू अधिराज्य स्थापनाक लागि राष्ट्रवादीहरू एकतृत हुँदै आन्दोलनमा

वीरगंज, १९ भदौ । हिन्दू अधिराज्य स्थापना गर्न बिभिन्न ९ वटा हिन्दु राष्ट्रवादी संस्थाहरु एकतृत भइ आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
रिपोर्टर्स क्लव नेपाल पर्साका अध्यक्ष एवम् केन्द्रिय सदस्य कन्हैया गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा हिन्दू अधिराज्य स्थापना आन्दोलन समितिका प्रमुख संयोजक अनिल बस्नेत (बाबा)ले आन्दोलनका लागि शिव सेना नेपाल, नेपाल विद्वत् परिषद, राष्ट्रिय सरोकार मञ्च, विश्व हिन्दू महासंघ, श्रीराम हनुमान मण्डल, वृहत राष्ट्रवादी मोर्चा, हिन्दू पुनर्स्थापना नागरिक संघर्ष समिति र नेपाल राष्ट्रवाद संघको संयुक्त समिति गठन गरि हिन्दू अधिराज्य स्थापनाका लागि एककृत भई आन्दोलन गर्न आवश्यक रहेको कुरामा जोडदिए ।
उहाँले भ्रष्ट एवं नैतिकहिन नेताहरुले तथा( कथित बाहिरबाट आयत गरीएको गणतन्त्र तथा धर्म निरपेक्षता र संघियता जस्ता बिषालु हतियार प्रयोग गरी देशलाई बिखण्डन गरीनुको साथै हिन्दु धर्म संस्कृति तथा संस्कार एवं परम्परालाई नै समाप्त गर्ने देखि राष्द्रलाई नै कंगाल बनाउँने कुटनीति र राजनीति बोकेर हिडने दलका नाईकेहरुनै आज नेपाल र नेपालीका दुश्मन रहेको बताउनु भयो ।
हिन्दुधर्मावलम्बिहरुमाथि चारैतिरबाट प्रहार भै रहेकै क्रममा देशमा बढ्दो गरीबी, ब्यापक भ्रष्टाचार, युवा बेरोजगारी, भुकम्प पिडित, बाढीपिडितहरुलाई राहत बितरणमा ढिलसुस्ति, विभेद, अन्याय र अत्याचार लगायतका जस्ता अनेकौ पिडाबाट पिडित नेपाली समाजलाई उक्त पिडाहरुबाट उन्मुक्ति दिलाउनकालागि सम्पूर्ण पिडित नेपाली समाज एवं राष्ट्रबादी संघ संस्था शक्तिहरु एकजुट भै निर्णायक आन्दोलनमा होमिनका लागी अध्यक्ष बस्नेतले साक्षात्कार कार्यक्रम मार्फत आग्रह समेत गर्नु भएको छ ।
बीरगंजमा भई रहेको श्रीमद् भागवत कथा महायज्ञ सम्पन्न भए लगतै साँझ ७ बजे बीरगंजको घण्टाघरबाट बिरोध रैली निस्केर नगरको बिभिन्न स्थान हुदै पुन घण्टाघरमा पुगी कोण सभामा परिणत हुने कुरा नेपाल बिद्वत परीषदका केन्द्रीय सदस्य नरेश राज गिरीले जनाए ।
सो साक्षात्कार कार्यक्रममा नेपाल बिद्वत परिषदका केन्द्रीय अध्यक्ष जित बहादुर अर्जेल, हिन्दु पुन स्थापना मंचका राष्द्रिय अध्यक्ष बिष्णु बराल, राष्द्रिय सरोकार मंचका राष्ट्रिय अध्यक्ष सोम बिक्रम सिंह, बिश्व हिन्दु महासंघका केन्द्रीय सदस्य पृथ्बी प्रसाद झा, समाजसेवी पशुपति बिक्रम शाह लगायत शिवशेना नेपालका शिर्ष नेता एवं अन्य राजाबादी संघ संस्थाका पदाधिकारीहरुको उलेख्यनीयरुपमा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्