पूर्वसभामुख महराकी पत्नी सीताको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं , कार्तिक १९ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पूर्व सभामुख एवं प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको निधनप्रति दुःख व्यक्त गरेको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकष्ण खाणद्वारा जारी शोक विज्ञप्तिमा महराको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आत्माको चीर शान्तिको कामनाका गरिएको छ ।

काँग्रेसले शोकको यस घडीमा पूर्व सभामुख महरासहित शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना प्रकट पनि गरेको छ । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा बुधबार विहान उनको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्