भारतमा फिल्म हल खुले तर दर्शक आएनन्, नेपालमा कहिले खुल्छ त ?
काठमाडौं , कार्तिक १८ । कोरोना महामारीले देशका विभिन्न सिनेमा हल बन्द भए , अहिले पनि बन्द नै छन् भने कति पय ठाउँमा खुल्ला गरिएका छन् तर हलमा दर्शकको सहभागीता भने सुन्य छ ।कोरोना महामारीका कारण न त कुनै हलिउड फिल्म नै रिलिज भएका छन् ।
सिनेमा घरको कमाइ नभइरहेको अवस्थामा निर्मातालाई सेनिटाइजरका साथै सरकारी गाइडलाइन मान्न पनि गाह्रो भइरहेको छ । यता भारतमा कोरोना भाइरस र लकडाउका कारण बन्द गरिएका फिल्म हल खुला गरिएको छ । मल्टिप्लेक्सका केही हल खुला गरिएका छन् । सिंगल थिएटर पनि खुलेका छन् ।
हल खुला गरिए पनि दर्शक भने हलसम्म पुगेका छैनन् । न त फिल्म हलमा देखाउनलाई कुनै नयाँ फिल्म रिलिज भएका छन् ।खुला गरिएका हलमा पुराना फिल्म प्रदर्शन गरिएको छ । ती फिल्म हेर्न एकाध दर्शक आएका छन् । हलवालाले यति दर्शक आउँदा बिजुलीको बिल पनि तिर्न नसकिने प्रतिक्रिया दिएका छन् ।
ठूला फिल्म निर्माताले आफ्ना फिल्म अझै तय गरेका छैनन् । किनकि, हलमा पूरै संख्यामा दर्शक नपाइने नियम छ ।कोरोना भाइरसका कारण दर्शक पनि फिल्म हलसम्म आउन अझै तयार नभएको देखिएको छ । अर्कातिर नामी स्टारका कुनै फिल्म पनि रिलिज हुने तरखरमा छैनन् । जसले गर्दा दर्शकलाई हलसम्म जान मन लागिरहेको छैन ।
यसैबी यता नेपालमा पनि कोरोनाका कारण फिल्म हल खुल्न सकेका छैनन् । अरु क्षेत्र खुल्ला गरिएपनि हल भने अझै बन्द छ । खोल्न पर्ने माग भने चलचित्रकर्मीको छ ।
प्रतिक्रिया दिनुहोस्