कांग्रेस शीर्ष नेताको बैठक सोमबार बस्दै , संसदको विशेष अधिवेशन बोलाउन दबाब दिइने

काठमाडौं, कार्तिक १७ । नेपाली कांग्रेसका पदाधिकारीसहित २२ जना भन्दा बढी नेताहरूको बैठक आज सोमबार बस्ने भएको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बैठक बस्नेछ।

वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६–बुँदे असहमतिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी समेतको बैठक डाकेका हुन्।

सभापति देउवा समयमै महाधिवेशन गर्नबाट पछि हट्न खोजेको तथा विधि विधानअनुसार नचलेको भन्दै पौडेल पक्षका केन्द्रीय सदस्यले १६–बुँदे असहमति राख्दै पार्टी कार्यालयमा विरोध पत्र बुझाएका थिए।

उक्त विषयमाथि छलफल गर्न देउवाले बैठक डाकेका हुन्।

प्रतिक्रिया दिनुहोस्