पछिल्लो २४ घण्टामा २८२४ जना संक्रमित थपिए

काठमाडौं, १६ कात्तिक । पछिल्लो २४ घण्टामा २८२४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०२३ जनाको पीसीआर परीक्षण गर्दा २८२४ जनामा संक्रमण पुष्टि भएको हो । जस्मा उपत्यकामा १६२२ जना थपिएका हुन् ।

२८२४ थपिएसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ रहेको भएकोछ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६२२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौं जिल्लामा १३६२, भक्तपुरमा ९६ र ललतिपुरमा १६४ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा ३६२० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ जना पुगेको छ ।

त्यस्तै मोरङमा २१२ जना, कास्कीमा १५५, रुपन्देहीमा ९१, सुनसरीमा ८०, झापामा ७५, कैलालीमा ४७, चितवनमा ३५, सोलुखुम्बुमा ३३, बाँकेमा ३२ र नवलपरासी पूर्वमा ३० जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

मकवानपुरमा २६, धनुषा र तनहुँमा २५/२५, सुर्खेतमा २४, बर्दियामा २२, कपिलवस्तुमा १८, उदयपुर र सप्तरी १६/१६, धादिङमा १५, सिराहा र लमजुङमा १३/१३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै रौतहटमा १२, गुल्मीमा ११, महोत्तरी र नवलपरासीमा १०/१०, इलाम र बाग्लुङमा ८/८ जना, धनकुटा, काभ्रे, म्याग्दी, स्याङ्जा र कञ्चनपुरमा ७/७, सर्लाही र दैलेखमा ६/६, खोटाङ, सिन्धुपाल्चोक र पर्वतमा ५/५ जनामा संक्रमण देखिएको छ ।

नुवाकोट र गोरखामा ४/४ जना, पर्सा, दोलखा, दाङ र रुकुम पश्चिममा ३/३ जना, भोजपुर, रामेछाप, सिन्धुली, जाजरकोट र डडेल्धुरामा २/२ जना र ओखलढुंगा, संखुवासभा, बारा, रसुवा, प्युठान, कालीकोट, जुम्ला, डोल्पा, दार्चुला, बझाङ र बैतडीमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्