स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश गत बर्ष भन्दा घटाएर घोषणा
काठमाडौं, १४ कात्तिक । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले आव २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकले ११.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक १३ गते बसेको बैंकको सञ्चाल समितिको बैठकले ७ प्रतिशत बोनस शेयर तथा ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपालमा ब्लुचिप शेयर भनेर चिनिएको थोरै कम्पनी मध्ये पर्ने यस बैंकको घट्दो लाभांसले शेयरधनिहरु लाई ठूलो झड्का लागेको छ । सुरुका बर्षहरुमा आकर्षक लाभांस वितरण गर्दै आएको कम्पनीले वितरण गरेको सम्भवत् यो लाभान्स सबै भन्दा कम होला । राष्ट्र बैंकको चुक्ता पूँजि वृद्घि निर्देशन, नाफा निरन्तर घट्दै जानु र अन्तिम त्रैमासमा कोभोडका कारण ब्यापार खस्किएको कारण लाभांस घटेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने बैंकले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्