सामलिङ्ग पावरकम्पनीले आईपिओ निष्काशन गर्दै, एनआईबिएल एसले गर्यो प्रत्याभूति सम्झौता
काठमाडौ । सामलिङ्ग पावर कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले साधारण शेयर (आइपिओ) निष्कासन गर्न प्रत्याभूतिकर्तामा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतापत्रमा सामलिङ्ग पावर कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानु पोखरेलले र एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार कम्पनीले निष्काशन गरेको आईपिओ बिक्रि नभएमा बिक्रि नभएको शेयर एनआईबिएल एस क्यापिटलले खरिद गर्ने छ ।
कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । कम्पनीले साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरीसकेकोे छ।
उर्जा डेभलपर्स प्रा.लिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनीद्धारा इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना २०२० को अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेकोे छ । यस आयोजनाबाट वार्षिक उत्पादन हुने ५३.२८ गिगावाट उर्जा ईलाम जिल्लाको गोदक स्थित नेपाल विद्युत प्राधिकरणको ३३/१३२ के.भी गोदक सवस्टेसन मार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ ।
कम्पनी स्थापनाको चार वर्षभित्र उर्जा डेभलपर्सले सम्बद्घ कम्पनीहरु मार्फत ४९ मे.वा को अर्धजलाशययुक्त (पीआरओआर) आयोजना निर्माणाधिन अवस्थामा रहेको तथा अन्य ६ आयोजनाहरु निर्माण विकासको विभित्र चरणमा रहेका छन् ।















प्रतिक्रिया दिनुहोस्