इन्फ्रास्ट्रक्चर बैंकले अहिलेसम्मकै ठूलो आइपीओ ल्याउदै
काठमाडौं ५, कात्तिक । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको दोस्रो वार्षिक साधारण सभा आगामी मंसिर ३ गते हुने भएको छ ।
साधारणसभा बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा हुनेछ । बैंकले यस अघिको सभाबाट नै आइपीओ जारी गर्ने प्रस्ताव पारित गरि सकेको थियो ।
कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्नुपरेमा सो को अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ । सभाले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन तथा वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।यस्तै, आर्थिक वर्ष २०७६/०७७ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि छ ।
हाल बैंकको चुक्ता पुँजी १२ अर्ब रहेको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ ल्याउँदैछ । आईपीओ निष्काशनपछि बैंकको चुक्ता पुँजी २० अर्ब पुग्नेछ ।















प्रतिक्रिया दिनुहोस्